२१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
प्रकाशित मिति: शुक्रबार, बैशाख १०, २०७८ | १३:२६:५१
काठमाडौं,१० वैशाख ।
बर्दियामा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बरबर्दिया नगरपालिका-३ भक्तिपुर बस्ने २४ वर्षीय सुनिल कुमार थारुलाई बिहीवार राति प्रहरीले पक्राउ गरेको हो ।
थारुले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १०, २०७८ |
१३:२६:५१
375