गौतमबुद्ध रंगशालामा खेलाडी संघको नाममा कुर्सी राखिने

काठमाडौँ, १० वैशाख ।

चितवनमा निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशालामा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको नाममा एक कुर्सी बुक भएको छ ।

एनएनआइपीएले आज हाम्रो रंगशाला हाम्रो कुर्सी अभियानमा एक लाख रुपैयाँ सहयोग गरेको छ । जुन रकम उनीहरुले आज हस्तान्तरण गरेका छन । शुक्रबार आयोजना भएको एक कार्यक्रममा खेलाडी संघका पदाधिकारीले सिताराम कट्टेललाई रकम हस्तान्तरण गरेका हुन ।खेलाडी संघले एनएनआइपीए स्पोर्टस अवार्डबाट बचत भएको रकमलाई कुर्सी बुक गर्नका लागि दिएका हुन ।

करिव तीन अर्वको लगानी रहेको सो रंगशालामा आर्थिक समस्या भएको भन्दै पछिल्लो पटक धुर्मुस सुन्तली फाउन्डेसनले विभिन्न अभियान सुरु गरेको छ ।

जसमा पछिल्लो पटक पूर्व पश्चिम घरदैलो अभियान गरेको थियो । त्यो अभियानको पहिलो चरणमा तीन करोड भन्दा बढि रकम संकलन भएको थियो ।