राप्तीमा सरकारको निर्देशन विपरित सल्लाहकार र समाजसेवी भन्दै खोप लगाएको खुलासा
Warning: Undefined variable $post in /home/smabesi/public_html/wp-content/themes/Namuna_news_portal 2022-samabesi/functions.php on line 917
Warning: Attempt to read property "ID" on null in /home/smabesi/public_html/wp-content/themes/Namuna_news_portal 2022-samabesi/functions.php on line 917
0 minutes
चितवन , ९ असार ।
चितवनको राप्ती नगरपालिकामा लक्षित बर्गभन्दा बाहिरकालाई समेत खोप लगाएको खुलासा भएको छ । सरकारले जेठ २५ देखी २७ गते कोभिड १९ विरुद्धको भेरोसिल खोप ६२ देखी ६४ बर्ष उमेर समूहकालाई लगाउने निर्देशन दिएको थियो ।
तोकिएको उमेर समूह , खोपको पहिलो डोज लगाएका र अग्रपक्तिमा काम गर्ने स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , पत्रकार खोप लगाउने निर्देशन भएपनि नगरपालिकाले त्यस बाहेककालाई समेत खोप लगाएको खुलेको छ । नगरपालिकाले उद्योग संघ, उद्योग वाणिज्य संघ ,खानेपानी , बफरजोन लगायतका पदाधिकारी गरि ७६ जना र सल्लाहकार तथा समाजसेवी भन्दै १८ जनालाई खोप लगाएको पुष्टि भएको छ ।
नगरपालिकामा प्राप्त ८४० खोपमध्य ५ सय १२ खोप लक्षित बर्ग, दोस्रो डोज लगाउनुपर्ने १ जना , स्वास्थ्यकर्मी ४१ जना , मेडिकल विद्यार्थी ९जना , कर्मचारी २६ जना , महिला स्वास्थ्य स्वयम्सेविका २ जना , सफाईकर्मी ७ जना, जनपद प्रहरी २४ जना , सशस्त्र प्रहरी ३२ जना , जन प्रतिनिधि १८ जना , पत्रकार ७ जना , संचारकर्मी १० जना, बैंक वित्तिय संस्था तथा सहकारीका २३ जना , सवारीचालक ४ जना , रेडक्रसका १२ जना , उद्योग संघ , उद्योग बाणिज्य संघ , दुग्ध सहकारी , बफरजोन , खानेपानी तथा अन्य संघसंस्थाका ७६ जना , सल्लाहकार र समाजसेवी १८ जनालाई खोप लगाएको थियो ।