भारतमा बढ्न थाल्यो डेल्टा प्लस भेरियन्टको संक्रमण
नयाँ दिल्ली ,९ असार ।
पछिल्ला समय कोरोना भाइरसको दोस्रो लहरको जोखिममा केही कमी आउन थालेको छ ।
यद्यपि, भारतमा कोरोनाको तेस्रो लहरको खतरा बढ्न थालेको छ । भारतका चार राज्यहरुमा डेल्टा प्लस भेरियन्ट भेटिएको छ,जसले ठूलो चूनौती पैदा गर्न सक्ने अनुमान गरिएको छ ।
अहिलेसम्म ४० जना मानिसहरुमा कोरोनाको डेल्टा प्लस भेरियन्ट पुष्टि भइसकेको छ ।
डेल्टा प्लस कत्तिको खतरनाक छ र यसबाट कसरी सावधान रहने भन्ने बारेमा विशेषज्ञहरुे केही सुझवा दिएका छन् ।
डेल्टा प्लस के हो ?
यो कोरोनाको नयाँ भेरियन्ट हो, जुन डेल्टा भेरियन्टबाट म्यूटेट भएको हो ।
डेल्टा प्लसलाई प्राविधिक स्वरुपबाट बी.१.६१७.२.१ अथवा ए वाई.१ नाम दिएका छन् ।
डेल्टा प्लस भेरियन्टको पहिचान यही वर्षको मार्च महिनामा भएको हो ।
यूरोपले डेल्टा प्लस भेरियन्टको पहिचान गरेको थियो ।
अहिलेसम्म डेल्टा प्लस भेरियन्टका बारेमा धेरै रिसर्च भएको छैन, जसका कारण नयाँ भेरियन्टबाट हुने रोग एउटा रहस्य बनेको छ ।
डेल्टा प्लस भेरियन्टका बारेमा कम जानकारीले नै सम्पूर्णमा त्रास उत्पन्न गरिरहेको छ ।
विस्तारै–विस्तारै यस बारेमा रिसर्च शुरु हुन थालेको छ ।
यद्यपि डेल्टा भेरियन्टभन्दा डेल्टा प्लस भेरियन्ट धेरै खतरनाक मानिएको छ ।
के हो डेल्टा भेरियन्ट ?
यो भेरियन्ट पहिलो पटक डिसेम्बर २०२० मा महाराष्ट्रमा देखिएको थियो । यसलाई बी.१.६१७.२ नाम दिइएको थियो ।
मे महिनामा डब्ल्यूएचओले यसलाई डेल्टा नाम दिएको थियो ।
डब्ल्यूएचओका अनुसार अहिलेसम्म करीब ७५ वटा देशहरुमा डेल्टा भेरिएन्ट देखिएको छ ।
बेलायत जस्ता देशहरुमा डेल्टा भेरियन्ट तिव्र गतिमा उत्पन्न भैरहेका छन् भने अमेरिकामा उक्त भेरियन्टका संक्रमित धेरै देखिएको छ ।
भारतमा कोरोनाको दोस्रो लहरका लागि जुन डेल्टा भेरियन्टलाई जिम्मेवार मानिएको छ, डेल्टा प्लस भेरियन्ट त्यसैको अपडेट भर्सन भनिएको छ ।
भारतमा अहिले दोस्रो लहरको महामारी कम भएता पनि डेल्टा प्लसका संक्रमित भेटिन थालेका छन् ।
डेल्टा प्लस भेरियन्ट डेल्टा भेरियन्टभन्दा बढि तिव्र रुपमा फैलन सक्छ भन्ने वैज्ञानिकहरुबीच चिन्ताको विषय बनेको छ ।
महाराष्ट्रमा डेल्टा प्लसका २० भन्दा बढी संक्रमित देखिएको छ ।
डेल्टा भेरियन्टले अप्रिल र मे महिनामा महामारीको रुप लिएको थियो ।
त्यसरी नै डेल्टा प्लस भेरियन्ट पनि आउँदो महिनामा महामारीको रुप लिन सक्ने अनुमान गरिएको छ ।