चितवनमा केहि परिमार्जन सहित एक साता निषेधाज्ञा थप (आदेश सहित )
प्रकाशित मिति: बुधबार, आषाढ ०९, २०७८ | १३:५६:५७ 1 minute
चितवन , ९ असार।
चितवनमा एक हप्ताको लागि निषेधाज्ञा थप भएको छ । विहिबार राति १२ बजेबाट लागु हुने गरि १७ गते राति १२ बजेसम्मलाई केहि परिमार्जन सहित निषेधाज्ञा थप भएको हो ।
नयाँ आदेश अनुरुप अत्यावश्य बाहेकका कपडा , फेन्सी , अटोमोबाइल्स ,भाडा पसल , सुनचाँदी पसल, कम्प्युटर पसल , गिफ्ट , टेलर लगायतको पसल हप्तामा तिनदिन दैनिक ४ घण्टा खुल्न पाउने भएका छन् । उक्त पसलहरु आइतबार , मंगलबार र विहिबार दैनिक दिउँसो १२ बजेदेखी ४ बजेसम्म खुल्न पाउने भएका छन् ।
त्यस्तै निजी सवारीसाधनमा जोरविजोर प्रणाली लागु गरिएको छ । जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरको निजी सवारी साधन चल्न पाउने छन् । तर उक्त सावरीसाधनमा सिट क्षमताको आधा मात्रै यात्रु चढ्न पाउने छन् ।
प्रकाशित मिति : बुधबार, आषाढ ०९, २०७८ |
१३:५६:५७
199