जातका आधारमा कोठाभाडा नदिने घरबेटी रिहा
प्रकाशित मिति: बुधबार, आषाढ ०९, २०७८ | १५:२१:२९
काठमाडौँ, ९ असार ।
तनहुँकी रूपा सुनारलाई जातीय विभेद गर्दै कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा भएकी छन्।
काठमाडौंको बबरमहलकी सरस्वती प्रधानलालाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो।
प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको थियो।
पीडित रुपा सुनारको जाहेरीका आधारमा प्रधानलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो।
प्रकाशित मिति : बुधबार, आषाढ ०९, २०७८ |
१५:२१:२९
221