पछिल्लो २४ घण्टामा २ हजार ४२१ जना संक्रमित थपिए,८१ जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, आषाढ ०९, २०७८ | १६:४९:२९
काठमाडौं,९ असार ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण तथा एन्टिजेन परीक्षणका क्रममा बुधबार थप २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५६ हजार ८९१ पुगेको छ । जसमध्ये ५ लाख ६८ हजार ४४० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ ।
देशका विभिन्न ठाउँमा गरी ८१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोनाको कारण ८ हजार ८९४ जनाको मृत्यु भएको छ । यस्तै देशभर ४२५ जना क्वारेन्टिनमा रहेका छन ।
प्रकाशित मिति : बुधबार, आषाढ ०९, २०७८ |
१६:४९:२९
155