खैरो हेरोईन सहित खैरहनीमा एकजना पक्राउ
प्रकाशित मिति: बुधबार, आषाढ ०९, २०७८ | २१:३५:१७ 0 minutes
चितवन , ९ असार।
पूर्वीचितवनको खैरहनीमा लागु औषध खैरो हेरोईन सहित एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले गएराति खैरहनी नगरपालका वडा नम्बर ६ जमौली निवासी ३२ बर्षिय दिपक दंगाललाई पक्राउ गरेको छ ।
दंगालको घरबाट प्रहरीले १० ग्राम २२० मिलिग्राम खैरो हेरोईन बरामद गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक सुवास भट्टले जानकारी दिए । दंगालको साथबाट प्रहरी खेैरो हेरोईन सहित पकेट स्केल नामको सानो जोख्ने तराजु र दुई थान मोबाइल बरामद गरेको छ । फक्राउ परेका दंगाललाई लागु औषध मुद्धामा म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।
प्रकाशित मिति : बुधबार, आषाढ ०९, २०७८ |
२१:३५:१७
199