गुण्डागर्दी गरेको आरोपमा पाँच जना पक्राउ

हेटौंडा, ११ माघ ।

प्रहरीले हेटौंडामा गुण्डागर्दी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

शनिबार बिहान ११ बजे मकवानपुर हेटौंडा उपमहानगरपालिका(१० राममन्दिर स्थित उत्तम कार्की मोटर ग्यारेजमा काम गर्ने दुई जनामाथि कुटपिट भएको थियो । बारा कोल्बी नगरपालिका–९ घर भइ हेटौंडा–४ बस्ने २४ वर्षीय पुरूषोत्तम चौधरी र २७ वर्षीय मुनामदन चौधरी माथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

प्रहरीले शनिबार नै उनीहरूलाई पक्राउ गरेको डिएसपी रानाले बताए। पक्राउ पर्नेमा धादिङ कोरडाराका २० वर्षीय सन्तोष लामा, २५ वर्षीय बिनय वाईबा, २७ वर्षीय आशिष लामा, १८ वर्षीय राज कार्की र २८ वर्षीय सागर लामा छन् ।