खैरहनिमा उद्योग बाणिज्य संघको चुनाबी रौनक ( ककस्को उम्मेदवारी नामावली सहित )

चितवन, माघ ११

चितवन स्थित उद्योग वाणिज्य संघ खैरहनीको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रिया अन्र्तगत आईतवार मनोनयन दर्ता गरिएको छ । विहान सम्म सहमतीको प्रयास गरेपनि असफल भएपछि नयाँ नेतृत्व निर्वाचनबाटै हुने पक्का भएको उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले वताए । आगामी कार्यकालका लागि नेकपा र नेपाली काग्रेश निकट उद्योगी व्यवसायीहरुले प्यानल वनाएर मनोनयन दर्ता गराएका छन् । नेकपा निकट व्यवसायीको तर्फबाट अध्यक्षमा शेषकुमारी ओली र नेपाली काग्रेश निकट व्यवसायीको तर्फबाट दिपेन श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचनले अध्यक्ष र एसोसिएट उपाध्यक्ष प्रत्यक्ष रुपमा चयन गर्ने व्यवस्था रहेपनि वाँकी पदाधिकारीका लागि निर्वाचित सदस्यबाट मनोनयन गर्ने संघको प्रावधान छ । एसोसिएट उपाध्यक्षमा भने नेपाली काग्रेश निकट व्यवसायी शिवप्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका छन् । नेकपा निकट व्यवसायी वुद्धिराज डल्लाकोटीले उम्मेदवारी फिर्ता लिएपछि उप्रेती एसोसिएट उपाध्यक्षमा निर्विरोध भएका हुन् । नेकपा निकट व्यवसायीको प्यालनबाट वाणिज्य सदस्यमा अर्जुन लम्साल,विनोद नेपाल,लक्ष्मण निरौला,प्रेमनारायण जोशी,प्रेमवहादुर विक,अजय कुमार रावल,दुर्गा घिमिरे र तिलकमणी पाठकले उम्मेदवारी दर्ता गराएका छन् । सोही प्यानलबाट उद्योग सदस्यमा रामेश्वर पोखरेल, चिरञ्जिवी अर्याल,नविनकुमार श्रेष्ठ,अम्मरराज उप्रेती,लालमणि कुँवर, रामशरण कार्की र रामकृष्ण चौधरीको उम्मेदवारी परेको छ । नेपाली काग्रेश निकट व्यवसायीको प्यानलबाट  बाणिज्य सदस्यमा कुमार खनाल,केदारनाथ वर्तौला,विनोद अर्याल,अनिल श्रेष्ठ,विक्रम खड्का,प्रशान्त अधिकारी,रामेश्वर प्रसाद चौधरी,रामचन्द्र विश्वकर्मा र क्षेत्रवहादुर रावलको उम्मेदवारी परेको छ ।

सोही प्यानलबाट उद्योग सदस्यमा किरण वुर्लाकोटी,अनुप अधिकारी,शंकर कडेंल,कृष्णवहादुर श्रेष्ठ,जगत वहादुर पाण्डे र विक्रम चौधरीले उम्मेदवारी दिएका छन् । संघको वार्षिक साधारण सभा तथा अधिवेशन यही माघ १८ र १९ गते हुदैछ । निर्वाचनमा १ हजार ३४० जना उद्योगी तथा व्यवसायीहरुले मताधिकार प्रयोग गर्न पाउँने छन् ।