एमालेको कार्यालय थापाथलीमा सर्ने, ओलीले गरे भवन निरीक्षण
प्रकाशित मिति: बुधबार, चैत्र ११, २०७७ | १३:२३:०४
काठमाडौं,११ चैत ।
नेकपा एमालेको केन्द्रीय कार्यालय आउँदो वैशाख १ गतेदेखि नयाँ भवनमा सर्ने भएको छ । एमाले कार्यालय थापाथली सर्न लागेको हो ।
थापाथलीस्थित सञ्जय अग्रवालको घर एमाले पार्टी कार्यालयको लागि लिजमा लिइएको छ । पौने चार रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा कार्यालय भवनसहित पार्किङस्थलसमेत रहेको छ ।
पाँच वर्षको लागि उक्त स्थान भाडामा लिनेसम्बन्धी सम्झौता भएको प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोती दुगडले जानकारी दिए । पार्टी अध्यक्ष ओलीले आज नयाँ कार्यालय भवनको निरीक्षणसमेत गरेका थिए ।
प्रकाशित मिति : बुधबार, चैत्र ११, २०७७ |
१३:२३:०४
287