माधव समूहले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने
प्रकाशित मिति: बुधबार, चैत्र ११, २०७७ | १३:४०:५४
काठमाडौं,११ चैत ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राइविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिन नेकपा एमालेको माधव कुमार नेपाल समूह सहमत भएको छ ।
नेकपा एमालेको नेपाल समूहका नेता राजेन्द्र राईले मुख्यमन्त्री शेरधन राईविरुद्ध संसदमा दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको जानकारी दिए ।
उनले अविश्वासको प्रस्ताव फिर्ता लिने विषयमा जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसदलाई संसदीय दलको आज बसेको बैठकमा सहभागी भएको बताए । ‘अहिलेलाई अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको छ,’ उनले भने, ‘त्यहीँ विषयमा जानकारी गराउन हाम्रा दुई जना साथीहरु जानु भएको छ ।’
बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव ७ दिनभित्र फिर्ता लिन निर्देशन दिएको थियो ।
प्रकाशित मिति : बुधबार, चैत्र ११, २०७७ |
१३:४०:५४
375