भरतपुर महानगरको नगरसभामा प्रेस सल्लाहकारद्धारा पत्रकारलाई कार्यक्रम हलभित्र प्रवेशगर्न रोक
चितवन , १० असार।
भरतपुर महानगरपालिकाको नगरसभामा पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ । नगरसभाको समाचार संकलन गर्न गएका पत्रकारलाई महानगरका प्रेस सल्लाहकारले नै रोक लगाएका छन् ।
महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले चितवन पोष्ट दैनिकका संवाददाता कुलप्रसाद काफ्लेलाई कार्यक्रम स्थलबाट फर्काएका थिए । उक्त घटनाप्रति चितवन पोष्ट दैनिकले एक विज्ञप्ति जारी गर्दै भत्र्सना गरेको छ । प्रेस सल्लाहकार अधिकारीले आफू निकट केहि पत्रकारलाई भने नगरसभा हलमा प्रवेश गराएका छन् ।
यसबिषय प्रेस सल्लाहकार अधिकारी भने आफूले कसैलाई नरोकेको बताए । कुलप्रसाद काफ्लेसँगै आफ्नो भेट भएको र सो क्रममा काफ्लेले नगरसभामा पत्रकारलाई खबर नआएको जिज्ञासा राख्दा नगरसभामा निमन्त्रणा नगरिएको जानकारी दिएको बताए । उनले नगरसभा पश्चात् पत्रकार सम्मेलन हुने जानकारी काफ्लेलाई गराएपछि उनी त्यहाँबाट निस्केको दावी गरेका छन् ।