नेपाल सम्मिलित त्रिकाेणात्मक सिरिज स्थगित
प्रकाशित मिति: बिहिबार, आषाढ १०, २०७८ | १३:५२:१८
काठमाडौं, १० असार ।
आइसिसी सिडब्ल्युसी लिग-२ अन्तर्गत् नेपाल, नामिबिया र स्कटल्यान्ड बीचकाे एकदिवसीय सिरिज स्थगित भएको छ ।
क्रिकेट संघ नेपालले प्रेस विज्ञप्ति जारी गरी कोरोनाको कारण सिरिज स्थगित भएकाे जानकारी दिएकाे छ ।
जुलाईकाे अन्त्यतिर स्पेनमा सिरिज सुरु हुने भनिएकाे थियाे ।
लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमन र अमेरिकासँग ४ खेल खेलिसकेको छ । नेपाल ४ खेलमा ४ अंक जोडी छैटौं स्थानमा अवस्थित छ ।
यसै गरी ओेमन १० खेलमा १६ अंक जाेडेर शीर्ष स्थानमा रहेकाे छ । यता अमेरिका भने १२ खेलमा १२ अंक जाेडी दाेस्राे स्थानमा विराजमान छ ।
प्रकाशित मिति : बिहिबार, आषाढ १०, २०७८ |
१३:५२:१८
441