थप २४ सय ७४ जनामा संक्रमण पुष्टि, २४ को मृत्यु, २ हजार ५ सयले जिते कोरोना
प्रकाशित मिति: बिहिबार, आषाढ १०, २०७८ | १७:०३:४६
काठमाडौं,१० असार ।
पछिल्लो २४ घन्टामा नेपालमा २४ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा ७२ सय ३५ पीसीआर र ४९ सय ९७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा २४ सय ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५९ हजार ३६५ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा २५ सय १८ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ रहेको छ ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाको कारण ८ हजार ९१८ जनाको मृत्यु भएको छ । यस्तै देशभर ३८८ जना क्वारेन्टिनमा रहेका छन ।
प्रकाशित मिति : बिहिबार, आषाढ १०, २०७८ |
१७:०३:४६
221