राप्तीमा बोलेरोको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयद्वारा सडक अबरुद्ध

Samabesi
  |   
प्रकाशित मिति: मंसिर ०८, २०७८
245 Shares

 चितवन , ८ मंसिर  । चितवनमा बोलेरोको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बागमती प्रदेश ०३-००१ च १३७५ नम्बरको बोलेरोको ठक्करबाट मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ४४ वर्षिय रघुनाथ श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर २ मा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बोलेरोले बेलुका ७.४५ बजे पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बोलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक  फरार भएका छन्  । दुर्घटना पछि स्थानीयहरुले सडक अबरुद्ध गरेका छन् । 

samabesi
प्रकाशित मिति: मंसिर ०८, २०७८
245 Shares
Footer ads