आयआर्जनका लागि महिलालाई शीप विकास तालिम

चितवन,१२ माघ  ।

खैरहनीका महिलाहरुलाई आयआर्जनमा टेवा पुर्याउने उदेश्यका साथ सोमवारदेखी शीप विकास तालिम सुरु भएको छ । नगरपालिकाको महिला तथा वालवालिका शाखा अन्र्तगत चालु आर्थिक वर्षमा विनियोजित वजेटबाट खैरहनी २ नमुनावस्तीका विपन्न महिलाका लागि वाख्रापालन सम्वन्धी तालिम सुरु भएको हो ।

खैरहनी २ का वडा अध्यक्ष टिकादत्त इटनी, नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवंम् खैरहनी ७ का वडाध्यक्ष मनेजर महतो,पशुपंक्षी विकास शाखा प्रमुख रुद्र श्रेष्ठको उपस्थितिमा तालिमको सुरुवात गरिएको थियो । पाँच दिने तालिमपछि उनीहरुलाई वस्तुगत टेवा समेत प्रदान गरिने नगरपालिका महिला तथा वालवालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङले जानकारी दिईन् । तालिम अवधिभर वाख्रामा नश्ल सुधार,वाख्रापालनको समस्या तथा सुधार गर्नु पर्ने पक्ष,वाख्राको खोर निर्माण तथा व्यवस्थापन,पोषण आहारको अवस्था,उन्नत घाँस,वाख्रापालन समुह गठन,व्यवसायको परिचय र फाईदा,चरन क्षेत्र व्यवस्थापन,बोका खसिको व्याड हेरचाह र व्यवस्थापन,रोगको पहिचान तथा समाधानका उपाय,वाँझोपन लगायतका विषयमा किसानलाई जानकारी गराईनेछ ।

तालिममा नगरपालिका पशुपंक्षी शाखा प्रमुख रुद्र श्रेष्ठ,महिला तथा वालवालिका शाखा प्रमुख गुरुङ,उपप्रमुख विमला रानाभाटले सहजीकरण गर्नेछन् । तालिम पश्चात सहभागीहरुको समुह वनाई समुहको खातामा वस्तुगत टेवाका लागि प्रति सहभागी ७ हजार ५ सय रुपैयाँ सहयोग गरिने शाखाकी उपप्रमुख रानाभाटले वताईन् । तालिम अघि स्थलगत अध्ययन गरि स्थान र व्यक्ती छनौट गरिएको थियो । यो वर्ष ६० जना महिलालाई तालिम दिएर वस्तुगत टेवामा सहयोग गर्न ४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।