चेम्वरले दियो कुखुरापालन सम्वन्धी तालिम

चितवन,१२ माघ  ।

खैरहनी नगरपालिका भित्र रहेका कुखुरापालक किसानहरुलाई कुखुरापालन सम्वन्धी तालिम दिएको छ । खैरहनी चेम्वर अफ कमर्सले सोमवार उनीहरुका लागि एक दिने तालिम दिएको हो । सानो लगानीबाट व्यवसाय सुरु गरेका किसानहरुलाई पूर्ण रुपमा कुखुरापालन सम्वन्धी ज्ञान नहुने हुँदा तालिम आयोजना गरिएको चेम्वर अफ कमर्सका उपाध्यक्ष उत्तम अधिकारीले वताए । ३९ जना पशुपालक किसानहरु सहभागी तालिममा डाक्टरद्धय सरोज पराजुली र रविन राउतले चल्ला व्रिडिङ,जैविक सुरक्षा,रोग पहिचान ,नयाँ खोर निर्माण,दाना,पानी व्यवस्थापन,भ्याक्सिन प्रयोग लगायतका विषयमा प्रशिक्षण दिएका थिए । खैरहनी चेम्वर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको तालिमको उद्घाटन शत्रमा वरिष्ठ उपाध्यक्ष चन्द्रकुमारी चौधरीले स्वागत मन्तव्य तथा सचिव केशव लम्सालले कार्यक्रम संचालन गरेका थिए ।