सरकारले गर्‍यो ३१ सहसचिवको सरुवा (सुचिसहित)

काठमाडौं,१३ फागुन ।

सरकारले ३१ जना सहसचिवको सरुवा गरेको छ। गएको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै सहसचिवको सरुवा गरेको हो ।

सरकारको निर्णय अनुसारमन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव खगेन्द्र प्रसाद रिजाललाई पनि गृह मन्त्रालयमा सरुवा गरेको छ। त्यस्तै सूचना तथा संचार मन्त्रालयका सहसचिव छविलाल रिजाललाई पनि गृहमै सरुवा गरिएको छ ।