नेपाल कम्युनिस्ट पार्टीको नामका विषयमा सर्वोच्चले २० गते निर्णय दिने

काठमाडौं,१३ फागुन ।

 

सर्वोच्च अदालतमा रहेको नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता सम्बन्धी मुद्दाको फैसला फागुन २० गते आउने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले दायर गरेको रिटमाथिको सुनुवाइ विहिबार सकिएसँगै अब यसको फैसला २० गते आउने भएको हो ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइपछि फैसला आउने मिति तोकिएको हो ।

कट्टेलले आफ्नो नाममा दर्ता रहेको नेकपा पार्टी निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टीलाई दिएको बह्न्दै २०७५ मंसिरमा सर्वोच्चमा रिट दायर गरेका थिए ।