झापामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
प्रकाशित मिति: बिहिबार, चैत्र १२, २०७७ | ११:५०:५७
काठमाडौं,१२ चैत ।
आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ ।
शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र १२, २०७७ |
११:५०:५७
749