एकैदिनमा थपिए साढे १६ हजार बढी कोरोना संक्रमित, कुल मृतकको संख्या ३१ हजार नाघ्यो
प्रकाशित मिति: बिहिबार, चैत्र १२, २०७७ | १४:००:१९
काठमाडौं,१२ चैत ।
युक्रनेमा एकैदिनमा साढे १६ हजार भन्दाब बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा युक्रनेमा १६ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कुल कोरोना संक्रमितको संख्या १५ लाख ९६ हजार ५ सय ७५ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा युक्रनेमा ३ सय ६२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो संगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ३१ हजार १ सय ३५ पुगेको छ ।
हाल कुल कोरोना संक्रमितमध्ये १२ लाख ८३ हजार २० जना कोरोना मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २ लाख ८३ हजार ४२० रहेको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र १२, २०७७ |
१४:००:१९
309