सीसीएमसीलाई राति ९ बजेपछि सबै गतिविधि बन्द गर्न स्वास्थ्य मन्त्रालयले दियो सुझाव
काठमाडाैं, १२ चैत ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड १९ व्यवस्थापन केन्द्र निर्देशक समिति (सीएमसी)लाइ राति ९ बजेपछि सबै गतिविधि बन्द गर्न निर्देशक समितिसमक्ष केही सुझाव दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड १९ व्यवस्थापन केन्द्र निर्देशक समितिलाइ राति ९ बजेपछि सबै गतिविधि बन्द गर्न सुझाव दिएको हाे । यस्तै नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्न सुझाव दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाई स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउन आग्रह गरिएकाे छ । भारत, बेलायत, जर्मनी, फ्रान्सलगायत देशमा काेराेनाकाे संक्रमण बढेकाेले नेपालमा पनि थप सतर्कता अपनाउन भनिएकाे विज्ञप्तीमार्फत भनिएकाे छ ।
हाल सञ्चालनमा रहेका नेपाल र भारतबीचका सीमानाकालाई कोभिड– १९ को सङ्क्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र सङ्क्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयलाई आवश्यक गृहकार्य गर्न आग्रह गरिएको छ ।
यस्तै सङ्क्रमण देखिएमा छुट्टै सवारी साधनको प्रयोग गरी होम आइसोलेशनमा पु¥याउने व्यवस्था मिलाउन जिल्लास्थित डिसिसिएमसीलाई निर्देशन दिने तथा स्थानीय तहबाट होम आइसोलेशनको निगरानी बढाउने भएको छ ।