खेलाडी इकबाल हुसेनलाई तीन बर्षको प्रतिबन्ध
प्रकाशित मिति: बिहिबार, चैत्र १२, २०७७ | २०:२२:१६
काठमाडौं,१२ चैत ।
सप्तरीमा जारी सप्तरी प्रिमियर लिगमा सहभागि टिम किंग्स राजविराजका खेलाडी इकबाल हुसेनलाई तीन बर्षको प्रतिबन्ध लागेको छ ।
उनले खेल भइरहेका बेला ड्रेसिङ रुमबाट निस्किएर दर्शकसँग झगडा गर्न गएको भन्दै सप्तरी प्रिमियर लिग खेल्न तीन बर्ष प्रतिबन्ध लागेको हो ।
यसका साथै सप्तरी क्रिकेट संघले १८ महिनासम्म कुनैपनि क्रिकेट गतिविधीमा संलग्न हुन नपाउने गरि कारवाही गरेको छ ।
उनको ब्यवहार अनुशासन र कोड अफ कन्डक्ट विपरित रहेको भन्दै म्याच रेफ्री दिपेन्द्र चौधरीले कारवाही सुनाएका हुन ।
यसका सथौ हुसनेलाई म्याच फी वाफत पाउने रकम पनि सबै तिर्नुपर्ने भएको छ । यता उनको टिमका कप्तान र प्रशिक्षकको म्याच फीको ५० प्रतिशत कटौती गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र १२, २०७७ |
२०:२२:१६
639