ठिमुरामा पुलको काम गर्दै गरेका १४जना मजदुर त्रिशुलीमा खसे, एकको मृत्यु, दुईजना वेपत्ता
प्रकाशित मिति: आइतबार, बैशाख १२, २०७८ | १०:५८:५४
चितवन , १२ बैशाख ।
चितवनको ठिमुरामा निर्माण हुदैं गरेको पुलमा काम गरिरहेका १४ जना मजदुर त्रिशुली नदीमा खसेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित देवघाट जोड्ने पुलको काम गर्दै गरेका १४ मजदुरहरु आज बिहान त्रिशुलीमा खसेका हुन् ।
नदीमा खसेर एकजनाको मृत्यु भएको छ । नदीमा खसेकामध्य ११ जनाको उद्धार गरिएको छ भने दुईजना वेपत्ता भएको प्रहरीले जनाएको छ । वेपत्ताहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । काम गर्नेक्रममा पुलको फलाम सहित नै मजदुरहरु नदीमा खसेका थिए ।
प्रकाशित मिति : आइतबार, बैशाख १२, २०७८ |
१०:५८:५४
1167