रत्ननगरले ल्यायो सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिन परिर्माजित कार्यविधि

चितवन, १२ बैशाख ।
चितवनको रत्ननगर नगरपालिकाले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गर्न आफ्नै कार्यविधि निर्माण गरेको छ । भूमि सम्बन्धी समस्याा समाधान आयोगको नियमानुसार पूर्जा वितरण गर्दा नगर क्षेत्रको सार्वजनिक जग्गा नरहने खतरा बढेपछि नगरपालिकाले आफ्नै कार्यविधि बनाएको हो ।

नगरपालिकाका भावी सन्ततीलाई सार्वजनिक उपयोगको जग्गाको उपलब्धतामा असर नपु¥याओस् भन्नका लागि केन्द्रिय नियममा केहि परिमार्जन गरेर आफ्नै कार्यविधि ल्याईएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए । आयोगको नियमानुसार जग्गा वितरण गर्न रत्ननगरमा जग्गा नै नपुग्ने मेयर वनले बताए । अव्यवस्थित बसोबासीका नाममा धनाढ्यले जग्गा नपाउन भनेर केन्द्रीय कार्यविधिका केही प्रावधानलाई परिवर्तन गर्नु परेको नगर प्रमुख वनले बताए । केन्द्रिय कार्यविधिको दफा १० , ११ र १२ मा केहि हेरफेर गरि पारित गरिएको मेयर वनले प्रष्ट पारे ।

बिशेष सभाले उक्त कार्यविधि पारित गरेको नगर उपप्रमुख विमला दुवाडी नगरसभाले जानकारी दिइन् । विशेष नगर सभा गरी भूमिहीन दलीत, भूमिहिन सुकुम्बासी र अव्यवस्थितलाई लालपूर्जा वितरणको लागि अव्यवस्थित बसोवासी व्यवस्थापन कार्यविधि २०७८, विगत चार बर्षदेखि निरन्तर एउटै पदमा कार्यरत कर्मचारीलाई एकतह बढुवा सहित समायोजन गर्ने गरी कर्मचारी समायोजन विधेयक २०७८ र करार कर्मचारीको कल्याण कोष विनियमावली २०७८ समेत ल्याइएको छ ।