पछिल्लो २४ घण्टामा नेपालमा थपिए ३ हजार ३२ कोरोना संक्रमित
प्रकाशित मिति: आइतबार, बैशाख १२, २०७८ | १६:३८:२४
काठमाडौँ वैशाख १२ –
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २ सय ९२ पीसीआर परीक्षणबाट आइतबार ३ हजार ३२ जना संक्रमित फेला परेको हो । त्यस्तै ७ सय ८६ एन्टिजेन परीक्षणबाट ९० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रकाशित मिति : आइतबार, बैशाख १२, २०७८ |
१६:३८:२४
463