उपत्यकाका तीनै जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द
प्रकाशित मिति: आइतबार, बैशाख १२, २०७८ | १७:१४:४८
काठमाडौं,१२ वैशाख ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक अन्य सबै काम एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।आइतबार बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना जोखिम बढ्दै गएको भन्दै यस्तो निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनहरूले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
उनले अत्यावश्यक अन्तर्गत शान्ति–सुरक्षा, ७ाडो उजुरीलगायत नगरी नहुने काम मात्र सञ्चालन हुने र अन्य सेवा बन्द गर्ने निर्णय गरिएको हो ।
नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, संघ–संस्था दर्ता, नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द गरिएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख १२, २०७८ |
१७:१४:४८
397