कोरोना संक्रमण तीव्र, एकै दिनमा २८ जना संक्रमितको मृत्यु
काठमाडौं,१२ वैशाख ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या समेत उच्च दरले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १६४ पुगेको छ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९२९० जनाको पीसीआर परीक्षण गर्दा ३०३२ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै ७९६ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना संक्रमित भएका छन्।
पछिल्लो २४ घण्टाको यस्तै ७९६ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना संक्रमित भएका छन्। मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२ जना, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमित भएका छन्। यस्तै हाल भेन्टिलेटरमा ६५ जना रहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा चिकित्सकहरुले बेलायती भेरिअन्टको भाइरस तिब्र रुपमा फैलिएको भन्दै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।