राष्ट्रियसभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक
प्रकाशित मिति: आइतबार, बैशाख १२, २०७८ | १७:३८:२९
काठमाडौँ ,१२ वैशाख।
राष्ट्रिय सभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले आउँदो जेठ ६ गतेका लागि तय गरेको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले प्रकाशन गरेको कार्यतालिका अनुसार आगामी बैशाख २१ गते मतदाता नामावली प्रकाशन हुनेछ ।
त्यस्तै बैशाख २४ गते उम्मेदवारको मनोनयन हुनेछ । बैशाख २९ गते उमेदवारको अन्तिम नामावली प्रशासन र २९ गते उमेदवारलाई चुनाव प्रदान गरिने आयोगले जनाएको छ । जेठ ६ गते गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेपछि माओवादीले उनलाई कारबाही गरेको थियो । कारबाही गरेपछि उनी पदमुक्त भएका छन् । एमालेले रिक्त पदमा थापालाई नै उमेदवार बनाउने निर्णय गरिसकेको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख १२, २०७८ |
१७:३८:२९
617