नदिमा हामफाली आत्महत्या गर्न खोज्ने महिलाको सकुशल उद्दार
प्रकाशित मिति: शुक्रबार, आषाढ ११, २०७८ | ११:२४:२३ 0 minutes
बर्दिया,११ असार ।
नदीमा हामफालेर आत्महत्या गर्न खोज्ने भारत जिल्ला बहराईच थाना मोतिपुर ग्राम बलैगाउँ बस्ने बर्ष ४० की जलदैया थारुलाई जिवितै उद्धर गरिएको छ । हिजो बेलुकी अन्दाजी ४:३० बजे भादा नदिमा एक महिला हामफालेको खबर पाउन साथ जिल्ला प्रहरी कार्यलय बर्दिया बाट प्रहरी नायव निरीक्षक मणिराज भट्टको कमाण्डमा टोली परिचालन गरी नदीमा बग्दै आएको महिलालाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय बर्दियाले जानकरी दिएको छ । थारुको अवस्था समान्य रहेको र थप उपचारको लागी बर्दिया अस्पताल गुलरियामा उपचार भईरको छ । भारत जिल्ला बहराईच थाना मोतिपुर ग्राम पञ्चायतको गाउँ प्रधानसंग समन्वय गरी निजको श्रीमान मिश्रिराम थारुको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यलय बर्दियाले जानकरी दिएको छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ ११, २०७८ |
११:२४:२३
133