मुग्लिनमा निषेधाज्ञा उल्लंघन गर्ने होटल तथा पसललाई कारबाही
प्रकाशित मिति: शुक्रबार, आषाढ ११, २०७८ | १२:१५:१४ 0 minutes
चितवन,असार ११ ।
चितवनमा असार १७ गतेसम्म निषेधाज्ञा थप गरीएको छ । सो क्रममा चितवनको इच्छाकामना गाउँपालिका स्थित मुग्लिनमा निषेधाज्ञा उल्लंघन गरी होटल तथा पसल संचालन गर्ने ४ जनालाई ईलाका प्रहरी कार्यालय मुग्लिनले कारबाहीमा ल्याएको छ । सो ठाउमा पटक पटक सचेत गराउँदा पनि बेवास्ता गरि निषेधाज्ञाको उल्लघंन गरि होटल, किराना पसल,मासु पसल एवं फलफूल तथा तरकारी पसल संचालन गर्ने ४ जनालाई हिजो राति कारवाही सहित पाँच सय रुपैयाँ जरिवाना गराएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुर्य बहादुर रानालेजानकारी दिएका छन । ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख रानाका अनुसार पहिलो चरणमा न्यून जरिवाना लगाइएको र अब बाट निषेधाज्ञा उल्लंघन गरेको पाइएमा नियमानुसार थप कडा कारवाही गरिने जनाएका छन ।
प्रकाशित मिति : शुक्रबार, आषाढ ११, २०७८ |
१२:१५:१४
243