सोनियाले ओलम्पिक खेल्ने पक्का
प्रकाशित मिति: शुक्रबार, आषाढ ११, २०७८ | १६:३३:४६ 0 minutes
काठमाडौँ, ११ असार ।
जुडोकी सोनिया भट्ट अर्को महिनाबाट सुरु हुने टोकियो ओलम्पिकका लागि छनोट भएकी छन् ।
सोनियाले वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने निश्चित भएको नेपाल ओलम्पिक कमिटीले बताएको छ ।
आठौँ राष्ट्रिय प्रतियोगितामा स्वर्ण तथा नेपालमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक विजेता सोनिया वाइल्ड कार्ड प्राप्त गर्ने दोस्रो नेपाली खेलाडी हुन् ।
यसअघि सुटिङकी कल्पना परियारले वाइल्ड कार्ड प्राप्त गरेकी थिइन् ।
योसँगै जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको टोकियोमा हुने ओलम्पिकका लागि छनोट हुने नेपाली खेलाडीको संख्या ५ पुगेको छ ।
यी दुईसहित पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोपिचन्द पार्कीले ओलम्पिक खेल्ने पक्का भएको हो ।
प्रकाशित मिति : शुक्रबार, आषाढ ११, २०७८ |
१६:३३:४६
639