प्रधानसेनापतिद्वारा उपरथी राणालाई उपरथीको दज्र्यानी चिन्ह प्रदान
प्रकाशित मिति: शुक्रबार, आषाढ ११, २०७८ | १७:०२:२३
काठमाडौँ, ११ असार ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति हुनुभएका पाइलट सहायकरथी आशिषनरसिंह राणालाई उपरथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को यही असार ७ को निर्णयबाट उपरथीमा बढुवा हुनुभएका राणालाई प्रधानसेनापति थापाले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित विशेष कार्यक्रममा पाइलट उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।
उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयका महानिर्देशकमा पदस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । रासस
प्रकाशित मिति : शुक्रबार, आषाढ ११, २०७८ |
१७:०२:२३
199