निवर्तमानमन्त्री आलेद्वारा ५० हजार उपचार सहयोग
प्रकाशित मिति: शुक्रबार, आषाढ ११, २०७८ | १९:०२:४७
काठमाडौँ, ११ असार ।
निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका समाजसेवी तथा स्थानीय डिल्लीराज जोशीको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गर्नुभएको छ । कोराना सङ्क्रमण भएपछि मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल ललितपुरमा उपचार गराई रहनु भएका जोशीको थप उपचारका लागि उहाँले सो रकम प्रदान गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । आले आज अस्पतालमा पुग्नु भइ जोशीका छोरी हिमान्सुलाई आर्थिक सहयोग प्रदान गर्नुभएको हो । कोरोना सङ्क्रमणबाट जोशीको अवस्था गम्भीर भएपछि हेलिकप्टरबाट धनगढीबाट हो । जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
रासस
प्रकाशित मिति : शुक्रबार, आषाढ ११, २०७८ |
१९:०२:४७
89