चितवनमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

चितवन , १३ माघ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नपा–१० हरिहर मन्दिर अगाडि यात्रुबसले मोटरसाइलकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा२ ख५६७४ नम्बरको बसले पूर्वतर्फ जाँदै गरेको बा९२प ५२०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाकाअनुसार मृत्यु हुनेमा माेटरसाइकल चालक साेलुखुम्बु टापटिङ-५ बस्ने २४ वर्षीय अनिल मगर र पछाडि सवार सुनसरीकाे धरान-९ बस्ने २० वर्षीय गौरव राई रहेकाे छन् । गम्भीर घाइते भएर उपचारका लागि भरतपुरकाे कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल लगिएकाेमा उनीहरूकाे बिहान ९ः३५ बजे मृत्यु भएकाे थापाले जानकारी दिए ।

ठक्कर दिने बस प्रहरीकाे नियन्त्रणामा रहेकाे जनाउँदै थापाले बस चालक फरार रहेकाे बताए । फरार बस चालककाे खाेजी भइरहेकाे थापाकाे भनाइ छ ।