अस्ताए प्रचण्डका राजनीतिक गुरु काजी बा

चितवन, १३ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका राजनीतिक गुरु खम्बा सिंह कुँवर (काजी बा)को ९५ वर्षको उमेरमा मृत्यु भएको छ ।
चितवनको भरतपुरमा रहेको भरतपुर सङ्घीय अस्पतालमा उपचारका क्रममा कुँवरको आज बिहान मृत्युभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिए । उनी लामो समयदेखि प्रेसर, सुगरलगायतको दीर्घ रोगबाट पीडित थिए। चिकित्सकलाई उदृत गर्दै परियारले  पछिल्लो समय निमोनिया र दुवै मृगाैलाले काम नगरेपछि कुँवरको मृत्यु भएको जानकारी दिए ।
कुँवरलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि अध्यक्ष पुष्पकमल दाहाल चितवन आउने कार्यक्रम छ । उनलाई पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जलि दिएपछि  आजै देवघाटमा दाहसंस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ ।