उवासंघ खैरहनीको निर्वाचनमा नेकपा एकजुट

चितवन , १३ माघ।
राष्ट्रिय राजनितिमा नेकपा भित्र दुई समूह देखिएको बेला खैरहनीमा भने नेकपा एकजुट भएर अगाडी आएको छ । उद्योग वाणिज्य संघ खैरहनी आसन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका सबै व्यवसायी एकजुट भएर अगाडी बढेका छन् ।

देशभर नेकपाको ओली समूह र प्रचण्ड नेपाल समूहबिच दुरी बढिरहेको र व्यापक तिक्तता रहेकोेबेला खैरहनीका व्यवसायीमा भने आत्मियता र हार्दिकता देखिएको छ । उनीहरु एकअर्कालाई सहयोग गर्दै आफ्नो प्यानलको सबैलाई विजयी गराउन घरदैलोमा भोट माग्न हिडेका छन् ।

नेकपा निकट व्यवसायीको प्यालनबाट निर्वाचनमा शेषकुमारी ओली सडौला अध्यक्ष पदमा , अर्जुन लम्साल,विनोद नेपाल,लक्ष्मण निरौला,प्रेमनारायण जोशी,प्रेमवहादुर विक,अजय कुमार रावल,दुर्गा घिमिरे र तिलकमणी पाठक वाणिज्य सदस्यमा उम्मेदवार रहेका छन् । त्यस्तै उद्योगतर्फको सदस्यमा रामेश्वर पोखरेल, चिरञ्जिवी अर्याल,नविनकुमार श्रेष्ठ,अम्मरराज उप्रेती,लालमणि कुँवर  र रामशरण कार्कीको उम्मेदवारी रहेको छ ।