कोरोना विरुद्धको खोप नेपालमा पहिलो पटक डा.बास्तोला र राजभण्डारीले लगाउने

काठमाडौं,१३ माघ ।

नेपालमा भोलि ( बुधबार )बिहान १० बजे देशभर एकसाथ कोरोना खोप लगाउने अभियान सुरु गरिँदै छ।

धेरैलाई जिज्ञासा हुन सक्छ पहिलो खोप कसले लगाउलारु

भोलि भर्चुअल कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर एकसाथ खोप अभियान सुरु गर्ने छन्।

त्यस क्रममा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले पहिलो खोप लगाउने छन्।

‘कोरोनाको पहिलो केस हेर्ने पनि हामी नै हौं,’ मंगलबार दिउँसो नेपालखबरसँग डा। राजभण्डारीले भने, ‘डाक्टरले त खोप लगाइराख्या छन् भनेर जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्न मैले सुरुमा खोप लगाउने निधो गरेको हुँ।’

नेपाललाई भारतबाट अनुदानस्वरूप ४ लाख ५० लाख डोज कोभिसिल्ड खोप प्राप्त भइसकेको छ र त्यो सातै प्रदेशमा पुर्‍याइसकिएको छ।

निर्देशक डा. राजभण्डारीका अनुसार शुक्रराज अस्पतालका २६३ जना डाक्टररस्वास्थ्यकर्मीले खोप लगाउनेछन्।