सामुदायिक विद्यालयलाइ डस्विन बितरण

चितवन,१३ माघ ।

फोहोर ब्यबस्थापनका लागि खैरहनी नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयलाई डस्विन बितरण गरेको छ । विद्यालयबाट सकारात्मक सन्देश प्रवाह हुने भएकाले पहिलो चरणमा यहाँका सामुदायिक विद्यालयलाइ डस्विन बितरण गरिएको नगरपालिकाका बाताबरण तथा बिपद ब्यबस्थापन शाखा प्रमुख इन्जिनियर निर्मल अर्यालले जानकारी दिए । कुहिने,नकुहिने र पुन प्रयोग गर्न मिल्ने फोहोरलाई छुट्टाछुट्टै ब्यबस्थापन गर्ने गरि तीन वटा रंगको डस्विन प्रदान गरिएको इन्जिनियर अर्यालले बताए । प्रती विद्यालय ३र३ थान डस्विन दिइएको छ । खैरहनिमा आधारभुत र माध्यमिक गरि कुल २७ वटा सामुदायिक विद्यालय छन । खैरहनी माध्यमिक विद्यालयमा औपचारिक कार्यक्रम गरि बितरणको काम सुरु गरिएको थियो । खैरहनी १ का वडा अध्यक्ष एवं बाताबरण तथा बिपद ब्यबस्थापन समिती संयोजक भुमी प्रसाद कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत चन्द्रकान्त न्यौपाने,स्थानीय शिक्षा अधिकारी राजु बांनिया,खैरहनी माध्यमिक विद्यालयका प्रधानाध्यापक शम्भुशंकर बर्तौलाको उपस्थितिमा डस्विन बितरण गरिएको थियो । अन्य विद्यालयमा भने अनौपचारिक रुपमा डस्विन प्रदान गरिएको छ ।