थप ३०३ जनामा कोरोना पुष्टि, २८५ डिस्चार्ज, ६ जनाको मृत्यु

काठमाडौं,१३ माघ।

आज नेपालमा ४ हजार ५७४ जनाको पीसीआर परीक्षण गर्दा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा २८५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०१७ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको प्रतिशत ०.७४ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै हालसम्म १२२ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ५२ हजार ६८७ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा हालसम्म निको हुने दर ९८.१ प्रतिशत रहेको छ।