
काठमाडौं,१३ माघ ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा तीनदिने आन्दोलन घोषणा गरेको छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको पदाधिकारी बैठकले माघ १९ गते देभभर भ्रातृ संस्थाले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।
यस्तै २४ गते शुभेच्छुक संस्थाले र ३० गते ७७ जिल्लामा प्रदर्शन गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भएको छ।