थपिए ११२ कोरोना संक्रमित, ५४ भए निको,४ जनाको मृत्यु

काठमाडौं,१४ फागुन ।

पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ३६ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ५४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २७७ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमा ४ जना थपिएका छन् । योसँगै कुल २ हजार ७७१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै, हालसम्म ७१ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ५७ हजार ५८० जनाको पीसीआर परीक्षण गरिएको छ ।