सुनको मूल्य घट्यो,कति छ आज ?
प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७७ | ११:२८:१९
काठमाडौं,१३ चैत ।
नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ ।
अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा प्रति तोला ६ सय रुपैयाँको गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार, शुक्रवार छापावाल सुन प्रति तोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १३, २०७७ |
११:२८:१९
441