आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गर्ने माझी पक्राउ
प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७७ | १२:५४:२७
सुनसरी,१३ चैत ।
आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको अभियोगमा तिलबहादुर माझी पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका–८ दुर्गा बस्ने ३७ वर्षीय तिल बहादुर माझीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
माझीले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते कमलाको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछिबाट खटिएको प्रहरीले माझीलाई नियन्त्रण लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १३, २०७७ |
१२:५४:२७
419