शाही परिवारबाट अलगपछि बेलायती पुर्व राजकुमार हैरीले जागिर खाए
काठमाडौं,१३ चैत ।
सबै सुख सुबिधा छोडेर बेलायतको राजपरिवारबाट अगग भएका पुर्व राजकुमार हैरीले अब जागिर खाएका छन।
राजपरिवार छोडेर आम नागरिक सरह जीवन विताउने सोचले उनले अब मानसिक स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिने कम्पनीमा प्रमुख अधिकृतका रुपमा प्रवेश गरेका छन। सो कम्पनी २ सयभन्दा बढी मानिस काम गर्दछन। मानसिक स्वास्थ्य सम्बन्धि तालिम दिने उक्त संस्था सन २०१३ मा स्थापना भएको हो।
बेलायतको राजपरिवारले राजकुमार हैरी र उनकि पत्नी मेगन मर्केलको शाही उपाधि केही महिनाअघि फिर्ता लिएको थियो। त्यसपछि उनिहरु राजपरिवारको सदस्य नभई आम नागरिकका रुपमा जीवन विताईरहेका छन।
पिताले फोन उठाउन छोडे
हालै हैरीले आफ्ना पिता प्रिन्स चार्ल्सले आफ्नो फोन उठाउन छोडेको बताएका छन। प्रिन्स चार्ल्स बेलायतको सिंगासनका उत्तराधिकारी हुन। आफ्नी हजुर आमा बेलायतकि महारानी एलिजाबेथप्रति आफ्नो निक्कै सम्मान रहेको हैरीले स्पष्ट पारेका छन। यसअघि आफूले पितासंग २ पटकतथा हजुरआमासंग ३ चोटी टेलिफोनमा कुरागरी आफूलाई राजपरिवारबाट हटाउने बारे लिखित रुपमा दिन आग्रह गरेको जानकारी दिए।