भारतमा एकैदिन ५९ हजार ११८ मा कोरोना संक्रमण, २५७ को मृत्यु
काठमाडौं,१३ चैत ।
भारतमा पछिल्लो २४ घण्टामा थप ५९ हजार ११८ जना व्यक्तिमा कोरोना भायरुसको संक्रमण देखिएको छ।
बिहीबार ५३ हजारमा ५३ हजार ४७६ जनामा कोरोना पुष्टि भएको थियो। योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या एक करोड १८ लाख ४६ हजार ६५२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ।
गत २४ घण्टामा संक्रमणबाट २५७ जनाको मृत्यु भएको छ। योसँगै भारतका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजार ९४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
त्यस्तै भारतमा चार लाख २१ हजार ६६ जना सक्रिय संक्रमित रहेका छन् भने एक करोड १२ लाख ६४ हजार ६३७ जना संक्रमणमुक्त भएका छन्।
भारतमा गत जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म पाँच करोड ५० भन्दा बढीले खोप लगाइसकेका छन्।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ। परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ८६ लाख तीन हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ।
बिहीबार एकै दिनमा ११ लाख ७५६ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ। रासस