सागर लमसाल बले र आँचल शर्माको ब्रेकअप गरौंला सार्वजनिक

चैत १३
सुजन पण्डित

बाल गायिकाको रुपमा निकै चर्चामा रहेकी युवा युवतीको मन मुटुमा बस्न सफल गायीका समिक्षा अधिकारीको स्वर र नेपाल आईडलका चर्चित गायक किरण भुजेलको स्वरमा रहेको ‘माया गरौंला–२, ब्रेकअप गरौंला’ सार्वजनिक गरिएको छ । माया गरौंला’ ६ महिना अगाडि हिट भएपछि माया गरौंला–२ निकालिएको जानकारी गराए ।

अहिलेको ‘माया गरौंला–२ मा भने कलाकारहरु परिवर्त्न गरीएको छ । सागर लम्साल (बले) र आँचल शर्मा,पुष्प खड्का,वर्षा राउतको जोडी देख्न सकिन्छ । सरोज वलीको निर्देशनमा तयार भएको यो भिडियोलाई विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् । उत्त गीत गजबको टि भि नामक युटुब बाट सार्वजनिक गरीएको छ ।यो समाचार तयार पार्दा सम्ममा २४ घण्टामा दुई लाख जनाले हेरिसकेको पाईन्छ भने सो गीत अहिले ट्रेन्डिङ १४ मा रहेको छ ।