२४ घण्टामा नेपालमा थपिए १५६ जना कोरोना संक्रमित,थप ४ जनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७७ | १६:३५:५५
काठमाडौं,१३ चैत ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ ।
४ हजार ४ सय १६ पीसीआर परीक्षणमा शुक्रबार थप १५६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ रहेको छ ।
हालसम्म देशभर २२ लाख ५६ हजार ३०० नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५२ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १ हजार २९९ रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १३, २०७७ |
१६:३५:५५
353