बैशाख ४ देखि त्रिदेशीय टी-ट्वान्टी क्रिकेट
प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७७ | १६:४६:०८
काठमाडौं,१३ चैत ।
त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७-२४) हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार बजाज पल्सर त्रिदेशीय सिरिजको घोषणा गरेको हो ।
त्रिदेशीय सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १३, २०७७ |
१६:४६:०८
485